
तिमी भन्दै छौ एक दिन देश बन्नेछ।”
तर म त सोच्छु,
देश त सायद फेरि
८४ सालतिरै फर्किँदै छ
हामीले भारी मतले जिताएका नेताहरू
अब विकासको सपना होइन,
५० लाख जम्मा गर्ने सपना देख्दै छन्।
भोट माग्दा हात जोड्थे,
अब त्यो हातले बजेट काट्दै छन्
आफ्ना स्वार्थका लागि।
बोल्थे देश बदल्छु
आज ती वचनहरू कहाँ छन्
हिजो बोलेका भाषणहरू
आजका लागि व्यंग्य बनेका छन्।
बिकासको योजनाभन्दा पहिला,
मेयर बन्ने रणनीति बनाइँदै छ,
र रणनीतिभित्रको गणित
५० लाख कसरी जुटाउने?
यो देशमा चिल्ला भाषण गर्नेले
शासन चलाउँछन्,
इमानदार भएर बोलेँ भने
हामीलाई नै कुनै गल्ती देखाएर फसाउँछन्।
देश बन्नेछ त्यो आशा अझै बाँकी छ,
तर सपनालाई साँचो बनाउने मनहरू
कति बाँकी छन् त्यो प्रश्न हो।
नेताको कुर्सीमा गफ,
र जनता भने संघर्षको मैदानमा ।
















































अर्जुन शाही ( लेखक शाही विभिन्न आर्टिकल,लेख, रचना लेख्छन् । उनी जाजरकोटका क्रियाशिल पत्रकार पनि हुन् ।) । ४ श्रावण २०८२, शनिबार