बृक्षारोपण गर्दै वातावरण संरक्षणमा लक्ष्मी सनराइज बैंक जाजरकाेट

May be an image of 12 people, people smiling and text that says 'MAN सामाजिक उतरदायित्व अन्तर्गत वृक्षारोपण कार्यत्रम Laxmi LaxmiSunrise Sunrise'
जाजरकोट । बिश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक, जाजरकोट शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भेरी नगरपालिकाको वडा नम्बर ४ स्थित मालिका मन्दिर क्षेत्र र बीपी बाटिका परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बोटबिरुवाहरू रोपिएका छन्। वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा जिल्ला बन कार्यालय जाजरकोट, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

May be an image of 4 people, people smiling, tree and text

कार्यक्रमबारे जानकारी दिंदै लक्ष्मी सनराइज बैंक जाजरकोट शाखाका प्रमुख आकाश सिंहले सहभागी सबै महानुभावप्रति आभार व्यक्त गरे। उनले वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनहरूमा पनि समाजप्रति योगदान दिने विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

May be an image of 3 people and grass

May be an image of 3 people, tree and grass

May be an image of 4 people, grass and tree

तपाईको प्रतिक्रिया