स्वास्थ्य चौकी भुर जिल्लाकै दोस्रो ‘पोषणमैत्री’ स्वास्थ्य संस्था घोषणा

May be an image of 6 people, table and text
भुर, पोखरा । भेरी नगरपालिका ‒९ मा रहेको भुर स्वास्थ्य चौकीलाई जिल्लाकै दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । सोमबार ( आज) एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको वडाध्यक्ष हिराप्रसाद शर्माले जानकारी दिए ।

१० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको अध्यक्ष शर्माले बताए ।
निर्देशिकानुसार स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा (विद्युत), खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधीहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थापन लगाएतका १० वटा मापदण्डलाई भुर स्वास्थ्य चौकीले पुरा गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

May be an image of 12 people and text

नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषधि, ६ महिनासम्म पूर्ण स्तनपान, ६ महिनापछि स्तनपानसंगै पुरक खाना, पूर्णखोप युक्त संस्था, नियमित बालबिटा पाएका बच्चा, फोलिक एसिड चक्की पाएका किशोरीहरु, झाडा पखाला लागेको वेला जिंक चक्की र पुनर्जलिय झोलको प्रयोग लगाएतका १६ वटा सुचक पुरा गरेको वडाध्यक्ष शर्माले बताए ।

May be an image of 7 people and text that says 'पोडणगेश्री स्वास्थ्य चौकी सास्थवसत्थयभोणायेरायकग मुर स्तास्थय संस्था धोधणा कारयत्रम 4타민동과 हार्दिक स्वागत गर्दहो 1人 и वजरपालक B स्वास्थ चौकी भूर पोपणमेत्री स्वास्थ्य सार्रा घोषणा कार्यक्रम'
पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकामा १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको जानकारी दिदै राम्रै अंक प्राप्त गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको वडाध्यक्ष शर्माले हाम्रो पुहँचलाई बताए । यसभन्दा अघि कुदु स्वास्थ्य चौकीलाई पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया