जाजरकोटमा ट्याक्टरको ठक्कर बाट एक जनाको गयो ज्यान

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका -०५ पाँचकाटियामा ट्याक्टरको ठक्कर बाट एक जनाको ज्यान गएको छ ।

दम्दाला बाट पाँचकाटिया तर्फ आउदै गरेको रा १ त ४४७१ नम्बरको ट्याक्टरको ठक्कर बाट भेरी नगरपालिका २ तिमिलेका लक्ष्मण सिंहको छोरा बर्ष १५ का सन्तोष सिंहको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार, एस.के निर्माण सेवाको ट्याक्टर दम्दाला बाट सरिया बोकेर आउदै गरेको थियो । ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको तीव्र खोजी भैरहेको छ । थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा ११ जनाको टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया