
जाजरकोट । मानसिकता बदलियो भने मात्रै जातीय विभेद अन्त्य गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न् ।
शुक्रवार खलंगामा मनाइएको अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले अहिले पनि समाजमा विभेदका जरा गहिरो रहेको बताए । `मानिसको मस्तिष्कबाट विभेद हट्यो भने मात्रै समाजमा विभेद हट्छ,उनले भने, `अहिले पनि समाजमा विभेद कायम छ, केही ठालुहरुले दासको रुपमा दलित वर्गलाई हेरिरहेका छ्न् ।´
विभेद अन्त्यका लागि व्यवहारमा परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्न सबै जुटेर लागुपर्नेमा अधिकारकर्मीको जोड छ । जातीय विभेद अन्त्यका लागि हाम्रो भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्म्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी ३० जना भन्दा बढीले आफ्नो धारणा राखेका थिए । मानसिकता परिवर्तन गरियो भने मात्रै विभेद अन्त्य गर्न सकिनेमा उनीहरुको जोड छ ।
जाजरकोटका कृयाशिल संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको एनएन.डिएस.ड्व्लु.ओका कार्यक्रम अधिकृत कृष्णा तिरुवाले जानकारी दिए ।
राजनीतिक दलका प्रतिनिधिहरुले समेत विभेद अन्त्यका लागि जुट्नुपर्ने बताए । सबैको पहलले मात्रै समाजबाट विभेद हटाउन सकिनेमा सबैले जोड दिएका थिए ।
















































हाम्रो पहुँच संवाददाता । ८ चैत्र २०८१, शनिबार