जाजरकोट । परम्परागत रुपमा लाग्दै आएको रमाईलो मेलामा वडा स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । आगामी पुस १२ गते देखि सञ्चालन हुने मेलामा वडा स्तरीय पुरुष भलिवल हुने आयोजक डाँफे यूवा क्लवका अध्यक्ष विश्वविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार वडा स्तरीय भलिवलमा प्रथम पुरस्कार एक लाख पाँच रुपैयाँ रहेको छ । दोस्रो हुनेले पचास हजार पाँच रुपैयाँ पुरस्कार पाउने छ । यस्तै, सान्तवना पुरस्कार पच्चीस/पच्चीस हजार पाँच रुपैयाँ रहेको छ ।
अन्य सांस्कृतिक कार्यक्रम समेत हुने छन् ।
हाम्रो पहुँच संवाददाता । ९ पुष २०८१, मंगलवार