जाजरकोट । क्रिकेटर युनिश विक्रम सिंहलाई सम्मान गरिएको छ । भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग एनपिएलमा कर्णाली याक्सका तर्फबाट सहभागी भई गृह जिल्ला पुगेका सिंहलाई जाजरकोट युवा क्रिकेट क्लवले मंगलबार सदरमुकाम खलंगामा सम्मान गरेको हो ।
एनपिएलमा उत्कृष्ट प्रदर्शन गरी जाजरकोट तथा कर्णालीको नाम उँचो राख्ने क्रिकेटर सिंहलाई दोसल्ला ओढाएर सम्मान गरिएको जाजरकोट युवा क्रिकेट क्लबका अध्यक्ष अनिश कार्कीले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । ९ पुष २०८१, मंगलवार