मृत अवस्थामा भेटिए सुनिल


जाजरकोट । छ दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन् । चैत्र २५ गतेदेखि एक्कासी वेपत्ता भएका भेरी नगरपालिका ४ बोहराका सुनिल आचार्य खलंगाबाट घर जाने बाटोको वीच रहेको खहरेखोलाको भीरमा शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकाटको शाखा प्रमुख पदमा कार्यरत आचार्य २५ गते बिहान ९ बजे तिर घरबाट निस्केका थिए । मोटरसाइकल र मोबाइल समेत घरमै छोडेर कसैलाई जानकारी नगराएर निस्केका आचार्य सडकदेखि करिव २ सय मिटर तल भीरमा मृतअवस्थामा भेटिएका हुन् ।

आचार्यको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । वडाध्यक्षको रोहबरमा मुचुल्का उठाइ शवको पोस्टमार्टम गर्नका लागि जाजरकोट जिल्ला अस्पताल मा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयको काममा निस्केको होला भन्ने ठानेर २÷३ दिन पर्खेको र त्यसपछि लगातार खोजी गर्दा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया