जाजरकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्लाको छेडागाड नगरपालिकाको वडा न.१२ मनघाटमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै नगरपालिकाको वडा न. १, १२ र १३ का स्थानीयले अपेक्षित लाभ लिने ग्लोबल आइएमई बैंक थलह शाखाका प्रमुख हेमन्त गिरीले बताए । थलह शाखाबाट नगरपालिकाका सबै नागरिकलाई बैङ्किङ क्षेत्रमा जोड्न कठिनाई भएकोले नयाँ एक्सटेन्सन काउन्टर स्थापना गर्नुपरेको उनले बताए ।
नयाँ काउन्टर स्थापना भए सँगै नगरपालिकाका आम नागरिकले यस अघि भोग्नु परेको समस्या टरेर जाने नगर उपप्रमुख चन्द्र बहादुर थापाले बताए । नयाँ एक्सटेन्सन काउन्टरबाट बैखाश २ गते देखि नै काम शुरु हुने बताईएको छ । नगरपालिकाले पालिका भित्रका सम्पुर्ण कृषक तथा उद्यमीहरुको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने योजना अनुरुप राष्ट्र बैक सङ सम्झौता गरि सकिएको छ ।
रमेश अधिकारी । ३० चैत्र २०८०, शुक्रबार