जाजरकोटमै पहिलो पटक अन्डर —१९ भलिवल कप

No description available.
खलंगा । जाजरकोटमा पहिलो पटक अन्डर —१९ भलिवल कप सञ्चालन भईरहेको छ । सहिद स्मृति यूवा क्लवको आयोजनामा १९ बर्षमुनीको भलिवल कप प्रतियोगिता सञ्चालन भएको हो । ‘लागुऔषध दुव्र्यसन रोकथामका लागि खेलकुद कार्यक्रम’ भन्ने मुल नाराका साथ क्लवले सहिद विदुर स्मृति अन्डर—१९ भलिवल कप सञ्चालन गरेको छ । यस प्रतियोगिताले खेल क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउने भलिवलका राष्ट्रिय रेफ्री मनोज शाहले बताए ।

जिल्ला भित्रका विभिन्न वडाहरु बाट १९ बर्ष मुनीका खेलाडीहरुको सहभागिता रहेको छ । यस्ता कप, प्रतियोगिताहरु वेलावेला सञ्चालन गर्नुपर्ने शाहको भनाई छ । क्लवले प्रत्येक वर्ष विभिन्न खेलका कपहरु सञ्चालन गर्ने सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया