गजल : अथाह प्यार छ

No description available.
छ न त उसङ्ग मेरो बच्चै देखिको चिनजान छ, अथाह प्यार छ
अक्सर न कुनै नाता लाग्छ, न त मेरै हो भन्ने पनि अधिकार छ

अरे यार, यो दुनियाँमा बारम्बार सराब पिएर पागल हुनु भन्दा,
बरु कस्तो हुदोरहेछ जहरको स्वाद, एकपटक चाख्ने बिचार छ

किन मरिहत्ते गर्छ्यौ म बाट छुटिनलाई, भोली पछुताउनु पर्ला,
बिडम्बना तिम्रो अगाडी हेर्दा भिर छ, पछि फर्किदा जङ्घार छ

माथी सम्म पावरमा, मेरा आफन्त छन, भनेर के गर्नु यो शहरमा,
डिग्री पास गरेको एउटा सन्तान अझै पनि गाउँमा बेरोजगार छ
पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, जाजरकोट

तपाईको प्रतिक्रिया