निबन्ध : कलम चोरी.


म आज दुःख पीडा र चिन्तामा छु । हिजो म शासकै शासकहरुका नजरवन्धमा कहिद थिए । तपाईहरुका, पूर्वज न त हुन नेपाल आमा रोइरहेको देख्न नसकी हजारौं हजारले वलिदानी र त्याग तपस्याले मलाई कहिद मुक्त गर्नु भएको आज म तपाईहहरुको गाउँ–गाउँ, घर–घर, अनि व्यक्ति–व्यक्ति सम्म छु ।

तर मेरो प्रयोग सही रूपमा गर्न तपाईहरुले सक्नु भएको छैन । तपाई सम्म जन्म लिनु मेरो लागि युग बाहाक ठान्दै थिए । घर्ती माटोले के बोल्छ, नेपाल आमाले के भनेकी थिइन ? आज तपाई – हरुले मलाई बिर्सिदै विर्सिदै जाने गरेको देखिरहेको छु । इतिहास भुल्दै जाँदा अस्तित्व समाप्त हुने पीरले आज म दु ःख, पिडा र चिन्ताले पिल्सीरहेको छु ।

आज गाउँ गाउँका विद्यालयहरूमा गाउँ देखी सहर सम्मका परीक्षा केन्द्रहरु कब्जा गरी मलाई चोरीन्छ । मलाई न्याय दिने न्यायलय खोई ? राजनैतिज्ञ र राजनैतिक दलहरूको मुखमा पट्टि देख्छु । अभिभावक, शिक्षक र सरोकारवालाहरूको सेटिङ देख्छु । अनि चोरी गर्नु त फेसन रहेछ । त्यही भएर त होला आज तपाईहरु विश्वका सम्पूर्ण देश मध्यका कम ज्यालामा काम गर्ने तपाई, सामान्य अन्तर्वाता वाट असफल भएर अन्तर्राष्ट्रिय विमानस्थल वाट घर फर्कने तपाई, तपाईका अग्रज नुन देखि सुन सम्मका – काण्डै काण्डहरू सम्म गर्ने, पहिचानमा आधारित संघीयताका सरकारहरू कमिसनमा आधारित हुनुभयो ।

मलाई तपाईहरुको पूर्वजहरूको गुण तिर्न बाँकी छ । मलाई सही रूपमा प्रयोग हुन दिए नेपालमा ब्राण्डै ब्राण्डको खानी निर्माण गर्न सक्नु हुनेछ । मेरो प्रयोग प्रगतिवादी, आज विश्वमा क्रान्तिकारी रुपमा प्रयोग गर्ने मुलुक नै आज विश्वमा डाइनाश्वर युग जस्तै बनेका छन् । मेरो प्रयोग गलत रुपमा गर्ने देश डाइनास्वरको सिकार बनेका छन् । जब सम्म प्रगतिवादी र क्रान्तिकारी रूपमा प्रयोग मेरो हुँदैन तब सम्म यो अवस्था निरन्तर रहिरहनेछ ।

अब तपाईहरुमा सुधिकरण र सुधार हुन जरूर आवश्यक छ । तपाइलाई उर्वर माटो, जलस्रोत, वन जङ्गल, पर्यटन आदिले गिज्ज्याई रहेको देखिरहेको छु । तपाईहरू, श्रम सीप स्वदेशमा प्रयोग गरी भूमण्डलीकरणलाई नेन्त्रममा राख्ने प्रचुर सम्भावना हुदाँहुँदै विश्वकै न्यून ज्यालामा नागरिकहरुको विक्री वितरण गरिरहनु भएको छ । यी सबै कुरा टुलुटुल हेरेर बसिरहने समय लामो नजाओस् अव पुनः अव एक नयाँ क्रान्तिको आवश्यक छ ।

लेखक गिरी कुशे गाउँपालिका – ०९ का वडा अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया