जाजरकोट । आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि जाजरकोटमा २२ वटा परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी तिलक भट्टराई अनुसार जिल्लाभर २२ वटा परीक्षा केन्द्र मार्फत एसइई सञ्चालन गर्ने तयारी भएको हो । दु्ई हजार ३९२ छात्रा र २ हजार ३०२ छात्र गरी चार हजार ६९४ विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।
उनका अनुसार यस वर्षको एसइई परीक्षामा जाजरकोट बाट चार हजार छ सय ९४ जना विद्यार्थीले सहभागिता जनाउने छन् । परीक्षामा साधारणतर्फ दुई हजार ३२४ छात्रा र दुई हजार २३६ छात्र गरेर जम्मा चार हजार ५६० जना विद्यार्थी सहभागी हुने बताइएको छ ।
त्यसैगरी प्राविधिक धारतर्फ २४ जना छात्रा र १८ जना छात्र गरेर ४२ जना र ग्रेड वृद्धितर्फ ४४ जना छात्रा र ४८ जना छात्र गरेर ९२ जना विद्यार्थी सहभागी हुने सूचना अधिकारी भट्टराईले बताए ।
हाम्रो पहुँच संवाददाता । ९ चैत्र २०८०, शुक्रबार