सात महिनामा प्रदेश मातहतका कार्यालयको खर्च १९ प्रतिशत मात्र.

२ अर्व २२ करोड ३२ लाख ४३ हजार बजेटमध्ये ४३ करोड ६२ लाख २६ हजार बजेट खर्च

No description available.
जाजरकोट । चालु आर्थिक बर्ष ८०/०८१ को सात महिना पुरा भयो । दोस्रो चौमासिक नजिकै आईसकेको छ । तर पनि जाजरकोटमा रहेका कर्णाली प्रदेश सरकार मातहतका कार्यालयको विकासी खर्च १९ दशमलव ६९ प्रतिशत मात्रै छ । खर्चको प्रतिशत हेर्दा विकासी खर्च नभएर धेरै बजेट फ्रीज हुने देखिन्छ ।

आर्थिक बर्ष सकिन पाँच महिना बाँकी छ । विकासे कार्यालयको सुस्त गतिका कारण अहिले सम्म लक्ष्य अनुसारको खर्च हुन सकेको छैन् । प्रदेश लेखा कार्यालय जाजरकोटका अनुसार २ अर्ब २२ करोड ३२ लाख ४३ हजार बजेट यहाँ आएको थियो जसमध्ये ४३ करोड ६२ लाख २ हजार ६ सय ७० निकासा भएको देखिन्छ । निकासा भएको बजेट सबै खर्च भएको प्रदेश लेखा इकाइ जाजरकोटका प्रमुख नरदल बुढाले जानकारी दिए । बुढाका अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा चालुतर्फको एक करोड ९० लाख ४६ हजार बजेट छ । यस्तै, पुँजीगततर्फ ५७ लाख बजेट देखिन्छ ।

चालुतर्फको अहिले सम्म ४१ लाख ४३ हजार ९ सय ३९ रुपैयाँ निकासा भएको छ । पुजीँगततर्फ १६ लाख १८ बजार ६ सय १३ निकासा भएर कार्यालयले निकासा भएको सबै बजेट खर्च गरेको छ । कार्यालयले चालुतर्फको २१ दशमलव ७६ प्रतिशत र पुजीँगत २८ दशमलव ४० प्रतिशत खर्च गरेको इकाइ प्रमुख बुढाले बताए ।

डिभिजन वन कार्यालयमा चालुतर्फको ४ करोड १७ लाख ३७ हजार, ४ करोड ४७ लाख ७२ हजार बजेट छ । त्यसमध्ये जम्मा १ करोड ४५ लाख ७५ हजार ९ सय ५४ चालुतर्फ र सात हजार बजेट निकासा भएको छ । ३४ दशमलव ९२ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । पुजीँगत तर्फ भने शुन्य दशमलव शून्य दुई प्रतिशत बजेट खर्चको भएको छ ।

खानेपानी सिंचाई उर्जा विकास कार्यालयमा चालुतर्फको एक करोड ६८ लाख ८० हजार र पुजीँतर्फको ३७ करोड ५६ लाख ३० हजार बजेट छ । हाल सम्म ७४ लाख ४९ हजार ५ सय ४५ चालुतर्फ र ३ करोड २ लाख ६१ हजार ४ सय ७९ बजेट निकासा भएको छ । निकासा भएको सबै बजेट खर्च भएको छ । खर्चको प्रतिशत चालुतर्फ ४४ दशमलव १३ र पुजीँगततर्फ ८ दशमलव शून्य छ प्रतिशत बजेट खर्च गरेको छ ।

कृषि विकास कार्यालयमा चालुतर्फको ५ करोड ४३ लाख र पुजीँगततर्फ ४ करोड ६७ लाख ६० हजार बजेट छ । जसमध्ये चालुतर्फको ८१ लाख ९८ हजार १३४ र पुजीँगत तर्फको २ लाख ६२ हजार २ सय निकासा भएको छ । निकासा भएको भने सबै बजेट खर्च भएको छ । समग्रमा अहिले सम्म कृषि विकास कार्यालयको चालुतर्फ १५ दशमलव १० प्रतिशत र पुजीँगततर्फको शूल्य दशमलव ५६ प्रतिशत खर्च गरेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा चालुतर्फको ४ करोड ७ लाख ५१ हजार र पुजीँगतर्फको ५० लाख बजेट छ । यसमध्ये चालुतर्फको ९५ लाख ७४ हजार ३ सय ४७ र पुजीँगततर्फको १ लाख ७९ हजार २ सय १३ बजेट निकासा भएको छ । कार्यायलले निकासा भएको सबै बजेट खर्च गरेको छ । चालुतर्फ २३ दशमलव ४९ र पुजीँगत तर्फको ३५ दशमलव ८४ प्रतिशत खर्च गरेको प्रदेश लेखा इकाई जाजरकोटका प्रमुख बुढाले बताए ।

पुर्वाधार विकास कार्यालयमा चालुतर्फको १ करोड १८ लाख ९३ हजार र पुजीँगत तर्फ ६७ करोड ४७ लाख १० हजार बजेट रहेको छ । जसमध्ये हाल सम्म चालुतर्फको ४३ लाख ३२ हजार तीन सय ८९ र पुजीँगत २ करोड ६२ लाख ४० हजार १ सय १५ निकासा भएको छ । यसरी हेर्दा कार्यालयको हाल सम्म चालुतर्फको ३६ दशमलव ४३ र पुजीँगत तर्फको ३ दशमलव ८९ प्रतिशत खर्च भएको छ ।

सडक डिभिजन कार्यालयमा चालुतर्फको १ करोड १२ लाख ८३ हजार र पुजीँगत तर्फ ९ करोड ३७ लाख बजेट रहेको छ । जसमध्ये चालुतर्फको २७ लाख २० हजार ६ सय ३० रुपैयाँ र पुजीँगततर्फको ६ करोड ९० लाख ६९ हजार ५ सय ९ रुपैयाँ भएको छ । कार्यालयको हाल सम्म २४ दशमलव ११ चालुतर्फ र पुजीँगततर्फ ७३ दशमलव ७१ प्रतिशत खर्च गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषद बहुप्राविधिक शिक्षालयमा चालुतर्फको ३ करोड ४५ लाख ३ हजार र पुजीँगततर्फ १ करोड ४६ लाख २५ हजार रहेको छ । यसमा चालुतर्फको ८४ लाख २४ हजार ७ सय १४ र पुजीँगततर्फको २८ लाख १ हजार ९ सय ६४ निकासा भएको छ । निकासा भएको सबै खर्च भईसकेको तथ्यांकमा देखिन्छ ।

चालुतर्फको २४ दशमलव ४२ र पुजीँगत १९ दशमलव १६ प्रतिशत खर्च भएको छ । सामाजिक विकास कार्यालयमा चालुतर्फको ३ करोड १९ लाख ८८ हजार र पुजीँगततर्फको ४ करोड ६१ लाख बजेट रहेको छ । यसमध्ये अहिले चालुतर्फको सम्म ९५ लाख ६८ हजार ७ सय ९३ र पुजीँगत १ करोड ४१ लाख ७८ हजार ३ सय ४३ निकासा भएको छ । समग्रमा सामाजिक विकास कार्यालयको खर्च चालुतर्फ २९ दशमलव ९१ र पुजीँगत ३० दलशमलव ७६ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा कार्यालयमा चालुतर्फको ११ करोड ५७ लाख ३१ हजार र पुजीँगत तर्फको ६९ लाख बजेट रहेको छ ।

यसमध्ये चालुतर्फको ३ करोड ९२ लाख १४ हजार ८ सय १६ र पुजीँगत तर्फ ९ लाख ४४ हजार ८ सय ९४ बजेट निकासा भएको छ । खर्चको प्रतिशत हेर्दा चालुतर्फ २९ दशमलव ५६ र पुजीँगत १३ दशमलव ६९ प्रतिशत बजेट खर्च भएको छ । जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा चालुतर्फको एक करोड ७३ लाख ५० हजार र पुजीँगत ६ लाख ७० हजार बजेट रहेको छ । जसमध्ये ६४ लाख ३५ हजार ५ सय ३५ रुपैयाँ र पुजीँगततर्फ ४९ हजार ३ सय बजेट निकासा भएको छ । आयूर्वेद कार्यालयले चालुतर्फ ३७ दशमलव शून्य नौं र पुजीँगत तर्फ सात दशमलव ३६ प्रतिशत बजेट खर्च भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया