माओवादीका यूवा नेता विकास रोकायको पहलमा भूकम्प पीडित २९ बालबालिकाको हेरचाह मामाघरले गर्ने

No description available.

जाजरकोट । नेकपा माओवादी केन्द्रका यूवा नेता तेजविकास रोकायको पहलमा भूकम्प पीडित २९ जना बालबालिकाको हेरचाह मामाघर अनाथालय सर्पाेट एण्ड केयर सेन्टर ललितपुरले गर्ने भएको छ ।

भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपद्मा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सर्पाेट एण्ड केयर सेन्टर ललितपुरले गर्नेछ । कक्षा १२ सम्म निःशुल्क पढाईने गरी सल्लाह भएको नेता रोकायले बताए ।

‘जाजरकोट यतिवेला भूकम्पका कारण निकै समस्या छ, उनले. भने, ‘बालबालिकाको शिक्षा, दीक्षा समेत अभिभावले दिन नसक्ने कुराको ख्याल गरी उनीहरुलाई त्यहाँ पठाईएको हो ।’

स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनौट गरी पठाईएको समेत रोकायले बताए । अनाथालयका कर्मचारीहरु जाजरकोट पुगी उनीहरुलाई ललितपुर लिएका छन् ।

No description available.

तपाईको प्रतिक्रिया