जाजरकोट । भेरी नगरपालिका — ०४ रानागाउँका सुरेश विक पढाईमा निकै जेहेन्दार थिए । पढाईमा मिहिनेती, लगनशिल भएपनि आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय छोड्ने स्थितिमा पुगे । त्यही वेला नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र सेभ द चिल्डे«नको साझेदारीमा नेपाल छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको खबर पाए । त्यसपछि छात्रवृत्ति कार्यक्रम उनका लागि वरदान सावित भईदियो ।
‘मेरा लागि छात्रवृत्ति कार्यक्रम सबैभन्दा ठूलो वरदान बनेर आएको हो’ उनले भने, ‘विद्यालय छोड्ने स्थितिमा पुगेको म छात्रवृत्ति कार्यक्रमले मलाई यहाँ पु¥याएको हो ।’ सुरेश अहिले भेरी नगरपालिका अन्तर्गत कृषि शाखा स्याउली बजारका प्रमुख भएर काम गरिरहेका छन् ।
भेरी नगरपालिका — ०५ छिप्रेनाका रविन्द्र विश्वकर्माको पारिवारिक आर्थिक अवस्था पनि निकै कमजोर थियो । विद्यालय जाँदा कापी कलम किन्ने पैसाका लागि उनका वुवाले अर्काको ज्याला मजदुरी गर्नुहुन्थ्यो । तर पनि छोराछोरीलाई विद्यालय पढाउन निकै मुस्किल पर्ने गथ्र्याे ।
‘हाम्रो घरको आर्थिक अवस्था निकै कमजोर थियो, पढाई खर्च जुट्याउन बुवालाई साह्रै मुस्किल पथ्र्याे’ उनले भने, ‘पछि २०६९ सालतिर छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउँदा निकै राहत भयो ।’ आफ्नो पढाई खर्च जुट्याउन अर्काको काम गर्नुपर्ने स्थितिको अन्त्य भएको उनले बताए । उनले कक्षा ८ देखि छात्रवृत्ति पाउन सुरु गरेका थिए । अहिले उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जाजरकोटमा सव इन्जिनियरका रुपमा कार्यरत छन् ।
‘मलाई छात्रवृत्ति कार्यक्रमले ठूलो राहत पु¥याएको छ, उनले थपे, ‘त्यसका लागि सबैलाई धन्यवाद, कार्यक्रम नभएको भए सायद विद्यालय छोड्नुपर्ने हुन्थ्र्याे होला ।’ कुशे गाउँपालिका —०१ धाउनीका अनिल विसीकी आमाले कक्षा १० सम्म छोरालाई जसोतसो पढाई खर्च जुट्याएर विद्यालय पढाईन् । माद्यामिक शिक्षा पढाउन भने मुस्किल भयो ।
उनको आन्टीले नेपाल दलित समाज कल्याण संघ र सेभ द चिल्डे«नको सहकार्यमा छात्रवृत्ति पाउने सूचना अनिलको परिवार सम्म पु¥याईन् । त्यसपछि अनिलले छात्रवृत्ति पाउन सुरु गरे । उनले भने, ‘मलाई ११÷१२ पढ्नका लागि निकै सहज भएको थियो, कापी कलम किन्ने देखि लिएर विद्यालयको फ्री तिर्न समेत छात्रवृत्तिले मद्दत पु¥याएको छ ।’
उनले थपे, ‘हामी जस्ता आर्थिक अवस्था कमजोर भएका परिवारको लागि छात्रवृत्ति कार्यक्रम ठूलो साहारा बनेको देखिन्छ ।’ उनी अहिले ओखलढुंगा जिल्लामा स्वास्थ्य तर्फको अहेव पाँचौं तह स्थायी जागिरमा कार्यरत छन् । उनीहरु मात्र होइन् जिल्लामा अहिले सम्म ९ सय भन्दा बढी दलित तथा विपन्न विद्यार्थीले छात्रवृत्ति पाईरहेका छन् ।
नेपाल दलित समाज कल्याण संघ जाजरकोट र सेभ द चिल्ड्रेनको सहकार्यमा सुरु भएको छात्रवृत्ति कार्यक्रम दलित तथा विपन्न विद्यार्थीका सबैभन्दा ठूला वरदान भईरहेको अभियान्ता ठगेन्द्र लुहारले बताए । जिल्लाका कुशे, नलगाड, भेरी र छेडागाड नगरपालिकामा छात्रवृत्ति कार्यक्रम सञ्चालन भईरहेको छात्रवृत्ति कार्यक्रमका जिल्ला संयोजक कृष्ण तिरुवाले बताए । उनले भने, ‘जिल्लामा छात्रवृत्ति कार्यक्रम सुरु भएको ११ बर्ष पुरा भईसकेको छ, अहिले सम्म ९०० विद्यार्थीले छात्रवृत्ति पाईरहेका छन् ।’ विद्यार्थीको खातामा सिधैं पैसा पठाईदिने गरेको समेत संयोजक तिरुवाले बताए ।
सन् २०१३ देखि यस जिल्लामा सञ्चालित छात्रवृत्ति कार्यक्रमले यहाँका धेरै दलित विद्यार्थीको भविष्य बदलिएको छ । संस्थाको छात्रवृत्ति कार्यक्रमको सहयोगले भेरी नगरपालिका ४ रानागाउँकी तारा सुनारले सरकारी सेवामा प्रवेश गरेकी छन् । लोकेन्द्र वादीले डिप्लोमा सिभिल इन्जिनियर, सरिता बादीले भेटनरी जेटिए, कल्पना नेपालीले ए.एन.एम र कालिका चदाराले असिस्टेन्ट पास गर्न सफल भएको संयोजक तिरुवाले जानकारी दिए । प्राविधिक विषय पढेका सबै अहिले रोजगारीमा जोडिएको समेत बताए ।
जाजरकोट जस्तो दुर्गम जिल्लामा छात्रवृत्ति कार्यक्रमले गरेको काम ससहनीय रहेको दलित अधिकारकर्मी लालबहादुर नेपालीले बताए । उनले भने, ‘मेरो पालामा यस्तो छात्रवृत्ति भएको भए, मैले पनि धेरै पढ्ने थिए, तर घरको आर्थिक अभावले उच्च शिक्षा हाँसिल गर्न सकिन ।’ ‘छात्रवृत्ति कार्यक्रमले धेरैको जीवनमा खुशी छरेकोले म धेरै खुशी छु, यस्ता कार्यक्रम दलित गरीव र पीडित परिवारले पाउन’ उनले थपे । जिल्लाका विभिन्न स्थानीय तहका गरिव, जेहेन्दार दलित बालबालिकालाई आगामी दिनमा पनि सञ्चालन गरी उनीहरुलाई सहयोग गर्ने कार्यक्रम संयोजक कृष्ण तिरुवाले बताए ।
हाम्रो पहुँच संवाददाता । २३ पुष २०८०, सोमबार