जाजरकोट । जुनीचाँदे गाउँपालिका वडा नम्बर २ मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयको आयोजनामा भएको शिविरमा २ सय १९ किसानका ३ सय १८ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
२ सय ३७ पशुपालक किसानका २५ सय ६८ भेडाबाख्रा, ८ सय ३४ गाईभैँसी र ८ सय ९६ कुखुरालाई औषधी वितरण तथा उपचार गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका निमित्त प्रमुख ज्ञानु शर्माले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । २३ पुष २०८०, सोमबार