भेरी नगरपालिका लागूऔषधविरुद्धको अभियानमा जुट्दै

No description available.

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले लागुऔषध विरुद्धको अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समय लागुऔषध सेवन, बेचबिखन, ओसार पसारका क्रियाकलाप बढ्न थालेपछि लागुऔषध विरुद्धको अभियान सञ्चालन गर्न थालेको हो ।

समयको विकास क्रमसंगै लागुऔषध दुव्र्यसनीको मात्रा बढेको देखियो, नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भने्, ‘अभियानका माध्यमबाट लागुऔषध नियन्त्रण गर्न खोज्दैछौँ ।’

काम नपाउनु, बेरोजगार हुनु, सामाजिक आर्थिक तथा पारिवारिक पक्षबाट तनावमा पर्नु लगायतका कारण युवाहरु लागुऔषध दुव्र्यसनीमा लागेको पाईन्छ, उनले भने्, ‘लागु औषध जन्य क्रियाकलाप रोक्न सचेतनाका क्रियाकलाप अघि बढाउदैछौँ ।’

मंगलबार सरोकारवालाहरु वीचको छलफलमा नगरपालिकाले थाल्ने अभियानलाई कसरी लिने भन्ने विषयमा राय संकलन गरिएको छ । भेरी नगरपालिका भित्रका यूवाहरु पछिल्लो समय लागुऔषध दुव्र्यसनी तथा कुलतमा फस्ने गरेको गुनासो आउन थालेपछि अभियानको सुरुवात गर्न थालिएको नगरप्रमुख घर्तीले बताए ।

लागुऔषध दुव्र्यसनीले युवा पुस्तामा प्रतिकुल असर परेको छ, त्यसैले भेरी नगरपालिकाले लागुऔषध दुव्र्यसनी अन्त्यका लागि अभियान संचालन गर्न लागेको नगरप्रमुख घर्तीले बताए । विद्यालय स्तरबाटै लागुऔषध दुव्र्यसनीका नकरात्मक असर तथा कानुनी दण्ड जरिवाना तथा सजायका सहजीकरण गरिने छ । उनले भने, ‘बिद्यालय पहिलो पाठशाला भएकोले लागु औषधका वेफाईदाका बिषयमा प्रशिक्षित पार्ने अभियानमा छौ । ’

विकास संग संगै युवा पुस्ताहरुमा पर्दै गएको लागु औषधको लत लाई छुटाउन चेतना अभिबृद्धिमा जोड दिने नगरपालिकाले जानकारी दियो ।

गाउँमा रहेका आमा समुह, युवा क्लव, बालक्लव, महिला सञ्जाललाई केन्द्रित गरेर लागुऔषध सेवनले पुर्याउने हानी नोक्सानीका बारेमा सहजीकरण गर्ने तयारी भईरहेको नगरप्रमुख घर्तीले बताए ।

नगरपालिका भित्रका सरोकारवालाहरुको कार्ययोजना सहित अभियानलाई अघि बढाईने निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए । नगरपालिकाले एकदमै सराहनीय अभियानको थालनी गर्न थालेको भन्दै सरोकारवालाहरुको खुशी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया