जाजरकाेट । जिल्लाको जुनीचाँदे गाउँपालिकामा ३८ प्रकारका औषधी पठाईएको छ । स्वास्थ्य सेवा कार्यालयले त्यहाँ औषधी पठाएको हो ।
केही दिन अघि हाम्रो पहुँच डटकमले जुनीचाँदेमा औषधी अभाव, भुकम्प पीडित रित्तै फर्किन्छन् घर शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
पालिकामा भूकम्पपछि त्रिपाल र टहरामा बस्दा चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी परेको र जनप्रतिनिधबीच पनि राम्रो समन्वय नभएका कारण औषधी अभाव भएको गुनासो आएको थियो ।
शनिवार जुनिचाँदे गाउँपालिकाका नागरिकका लागि आवश्यक पर्ने ३८ प्रकारका औषधि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले जानकारी दिईन् ।
हाम्रो पहुँच संवाददाता । १४ पुष २०८०, शनिबार