नेकपा जाजरकोटले मनायो १३१ औं माओ जयन्ती

No description available.

जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटले कम्यूनिष्ट नेता एवं चिनिया जनवादी नेता माओत्सेतुङको १३१ औं जन्म जयन्ती मनाएको छ । खलंगामा एक कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाएको हो ।

उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय अध्यक्ष रामलाल सी को(प्रमुख आथित्यता ) ,जाजरकोट जिल्ला ( इन्चार्ज ) बिराजन सी , जिल्ला सचिव धन्जित सी , मधुसुधन सी ,डोल्पा जिल्ला सचीव गौचन सी लगायत पार्टीका जिम्मेवार कामरेडहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रम लाइ सम्बोधन गर्दै माओको योगदानको स्मरण तथा श्रद्धासुमन व्यक्त गर्नुभयो । प्रमुख अतिथि रामलाल सी ले नेपालको कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलन माथी ध्यान दिदै यहाँको समस्या र समाधान बारे प्रष्ट पार्नु भयो ।

No description available.
यस्तै, साही अवसरमा जाजरकोटको कुशे गाउँपालिका वडा नं ०८ की सर्मिला रोकायले नेकपामा प्रवेश गरेकी छन् । उनलाई प्रमुख अतिथि रामलाल सीले स्वागत गरेका हुन् ।

No description available.

तपाईको प्रतिक्रिया