जाजरकोट । क्यानडाको टोरन्टोमा रहेको नेपालीहरुको संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) ले हालै नेपालको जाजरकोटमा गएको भूकम्पका पीडित एक सय १ परिवारलाई आर्थिक सहयोग गरेको जनाएको छ ।
जाजरकोट भुकम्प वाट मृत्यू भएका परिवारका लागि समाजले १० लाख वढी आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । हाल क्यानडामा रहनुभएका जाजरकोट भेरी नगरपालिका १ कालेगाउँ निवासी कर्ण वहादुर वटाला र ज्ञानु शाहको पहलमा क्यानेडाली समाजले सहयोग गरेको छ ।
सहयोग कार्यमा वाग्लुङ्ग सेवा समाज, पोखरा निवासी विनु विक लगायत नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) को भुमिका रहेको जनाइएको छ । भुकम्पमा परि मत्यू भएका व्यक्तिका परिवारका लागि १० हजारका दरले रकम वितरण गरिएको स्थानीय समाजसेवी एवं गैर —सरकारी संस्था महासंघ जाजरकोटका सचिव सहदेव बस्नेतले जानकारी दिए ।
यसरी सात समुद्र पारी वाट आफ्नो मातृभुमीमा परेको विपद्को समयमा उहाँहरुले खेल्नु भएको भुमिकाको निकै प्रशंसा गरे । क्यानेडाली समाजका कर्ण वहादुर वटालाले दूःख र विपत्तीमा जो जहाँ रहे पनि सँगै छौं भन्ने भावना वाट ओतप्रोत भएर यहाँ रहेको नेपालीहरुले मृतक परिवारकालागि सानो सहयोग गरिएको बताए । यसले पीडामा रहेका परिवारको घाउमा मलमपट्टी हुने उनले आशा व्यक्त गरे ।
जाजरकोट भुकम्पमा परि भेरी नगरपालिका, छेडागाडका ,नलगाड , कुशे मागरि १०१ जनाको मृत्यू भएको थियो । भेरी नगरपालिका १ का वडा अध्यक्ष दीपक रानाले क्यानडामा वस्ने नेपालीहरुले आफ्नो छाक काटेर भएपनि विपतको समयमा परेको पिडामा गर्नु भएको सहयोगको आफ्नो वडाले उच्चमुल्याँकन गरेको बताए । ३१ ज्ना नागरिकको मृत्यू भएको यस वडामा उहाँहरुले गरेको नगदै आर्थिक सहयोगले मृतक परिवारको घाउमा मलमको काम गरेको रानाको भनाई छ ।
नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर वहादुर रावतले क्यानाडाली सेवा समाजको विपत्तीमा परेका यहाँका नागरिकहरुको लागि निकै राहत भएको बताउनु भयो । साथै नगरपालिकाले उहाँहरुको सहयोगको योगदानको लागि प्रशंसा पत्र द्धारा सम्मान गरेको छ ।
२०८० कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पमा परेका नेपालीदाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग पु¥याउने उद्देश्यले क्यानाडाको नेपाली संस्था एनसिसिएसले आर्थिक सहयोग सङ्कलन अभियान चलाएर १० हजार ३ सय २६ डलर (करिब १० लाख) सङ्कलन गरेको थियो ।
“उक्त रकम भूकम्पमा परि मृत्यु भएका परिवारजनलाई प्राथमिकतामा राखेर दिनु उपयुक्त ठानेर स्थानीय निकायका पदाधिकारी तथा समाजसेवी व्यक्तित्व मार्फत प्रति परिवार १० हजार रुपैयाँका दरले एक सय घरपरिवारलाई हस्तान्तरण गरिएको संस्थाका महासचिव सुदर्सन सापकोटाले जानकारी दिए ।
यस अभियानलाई विशेष सहयोग गर्ने समाजसेवी कर्ण बटाला त्यस्सै गरी भूकम्प प्रभावित क्षेत्रमा उपस्थितभई नगद राहत वितरण गर्न सहयोग गर्ने नगर प्रमुख डम्बरबहादुर रावत, वडाध्यक्ष दीपक राना, लीलाबहादुर शाह, सचिव उपेन्द्र जङ्गशाह र समाजसेवी सहदेव बस्नेत तथा नीरज शाहप्रति संस्थाले आभार व्यक्त गरेको छ ।
यस अभियानमा सहभागीभई आर्थिक सहयोग प्रदान गर्नु हुने तथा यस कार्यक्रमलाई सफलपार्न प्रत्यक्ष एवम् परोक्ष रूपमा जोडिनु हुने सबैलाई धन्यवाद पनि दिइएको छ ।
हाम्रो पहुँच संवाददाता । ३ पुष २०८०, मंगलवार