जाजरकोट । जाजरकोटी इतिहास, कला, संस्कृति लगायतका सम्पदाहरुको संरक्षणमा आफुले सुरु गरेको अभियानमा साथ सहयोग दिने विभिन्न व्यक्ति र संघ सस्थाहरुलाई जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले धन्यवाद र आभार प्रकट गरेको छ ।
जाजरकोटी सम्पदाहरुको संरक्षण गर्न विभिन्न १३ वटा उद्देस्यहरु राखेर दुइ वर्ष अघि स्थापित प्रतिष्ठानको शनिवार खलंगामा सम्पन्न दोस्रो साधारण सभाले जाजरकोटी सम्पदाहरुको संरक्षण र विकासको लागि प्रतिष्ठानले सुरु गरेका विभिन्न कार्यहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न २१ जना व्यक्ति र सँस्थाहरुलाइ सम्मान सहित धन्यवाद दिने निर्णय गरेको हो ।
प्रतिष्ठानले आफनो स्थापना काल देखि नै सन्चालन गरेका जाजरकोटी सम्पदाहरुको संरक्षण, प्रचार प्रसार तथा विकास गर्ने खालका विभिन्न गतिविधिहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग सहकार्य र योगदान गर्नेहरुलाइ विशेष निर्णय गरेर धन्यवाद दिइएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । इतिहास, कला सँस्कृति र प्राकृतिक सम्पदाको क्षेत्रमा निकै वैभवशाली जाजरकोटलाइ दुनियामा चिनाउनको लागि सन्चालित प्रतिष्ठानका अभियानहरुमा अझै वढी साथ सहयोग जुटाउन आफुहरुले साधारण सभा मार्फत धन्यवाद र आभार व्यक्त गरेको अध्यक्ष केसीले जानकारी दिए ।
यस्तै शनिवार सम्पन्न प्रतिष्ठानको साधारण सभाले आजीवन र साधारण सदस्यताको शुल्क वढाउने, भुकम्पमा क्षतिग्रस्त विभिन्न ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको पुननिर्माण तथा संरक्षणको लागि विभिन्न सरकार तथा सम्वद्ध निकायलाइ आग्रह गर्ने , प्रतिष्ठानको वार्षिक उत्सव अव देखि माघ १२ गते मनाउने गरेको प्रतिष्ठानका कोषाध्यक्ष शोभा सिंहले वताइन् । उनले साधारण सभामा सचिव प्रचन्डजंग शाहले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष शोभा सिंहले पेस गरेको यस आर्थिक वर्षको साउन १ देखि मंसिर मसान्त सम्म भएको २६ लाख ७८ हजार ७ सय ३७ रुपैयाको आयव्ययको विवरणको आर्थिक प्रतिवेदनलाइ सर्वसम्मत रुपमा पारित गर्ने निर्णय गरेको वताइन् ।
दुइ वर्ष अघि स्थापना भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानमा हाल तीन जना मानार्थ सदस्य, ४३ जना आजीवन सदस्य र ७ जना साधारण सदस्य रहेका छन् । प्रतिष्ठानका सचिव प्रचण्डजंग शाहका अनुसार प्रतिष्ठानको मानार्थ सदस्यता लिन ५० हजार वढी, आजीवन लिन ५हजार १ सय र साधारण सदस्यता लिन ५ सय तिर्नु पर्ने व्यवस्था गरिएको छ । सचिव शाहले प्रतिष्ठानका गतिविधिहरु जाजरकोटी सम्पदाहरुको संरक्षणमा वढी केन्द्रित गरिएको पनि वताए ।
साधारण सभा प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा सन्चालन भएको थियो ।
हाम्रो पहुँच संवाददाता । ३ पुष २०८०, मंगलवार