जाजरकोट । जाजरकोटका भूकम्प पीडित पत्रकारलाई नेपाल पत्रकार महासंघले चार लाख आर्थिक सहयोग गरेको छ । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा आएको टीमले चार लाखको चेक जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्मालाई हस्तान्तरण गरेको हो ।
पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवाल सहितको उपस्थिति रहेको थियो ।
हाम्रो पहुँच संवाददाता । ३ पुष २०८०, मंगलवार