जाजरकोट । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जाजरकोटका पत्रकारलाई सहयोग हस्तान्तरण गरेकी छन् । पत्रकार महासंघ जाजरकोटमा आयोजित एक कार्यक्रमका वीच मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्मालाई सहयोग हस्तान्तरण गरेकी हुन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, उपाध्यक्ष उदय जीएम लगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी हुन् ।
भूकम्प प्रभावित र प्रभावितस् थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिईन् । मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेकी छन् । उनले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेकी थिईन् । आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल भ्रमण गरिएको मन्त्रीका सन्चार बिज्ञ नरेन्द्र केसीले जानकारी दिए ।
यसैबिच उक्त सामग्री जिल्लास्थित पत्रकारहरुलाई आजै वितरण गरिएको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले जानकारी दिए ।
हाम्रो पहुँच संवाददाता । १७ मंसिर २०८०, आईतवार