भूकम्प प्रभावित क्षेत्रका पत्रकारको भूमिका प्रशंसा गर्न लायकः अध्यक्ष पोख्रेल

श्रमजीवी पत्रकार र कर्मचारीलाई काम गर्ने वातावरण बनाउन जरुरी छ : विपुल पोखरेल
जाजरकोट । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले भूकम्प प्रभावित क्षेत्रका पत्रकारले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताएका छन् । जाजरकोट पुगेका अध्यक्ष पोख्रेलले भूकम्प जस्तो विपत्तिका बेला यहाँका पत्रकारले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका हुन् ।

‘भूकम्पका बेला जाजरकोट र रुकुमका पत्रकारहरूले जुन खालको भूमिका खेल्नुभएको छ, यो निकै प्रशंसनीय छ, तपाईँहरूले आफै पीडामा रहेर पनि सत्य तथ्य रिपोर्टिङमा जुन भूमिका खेल्नुभएको छ, यसको म मुक्तकण्ठले प्रशंसा गर्छु ।’

साथै उनले विपत्तिका बेलामा मिथ्या सूचनाको जोखिम हुनेभएकोले यसमा सतर्क रहन पत्रकारहरूलाई आग्रह गरे । यस्तो बेलामा हुने सानो गल्तीले पनि ठुलो समस्या निम्त्याउने भएकोले सतर्क रहन गरेका हुन् ।

पत्रकार महासंघ भूकम्प प्रभावित क्षेत्रका पत्रकारहरूको साथमा रहेको बताए । पेसागत सुरक्षा देखि सञ्चार माध्यम र पत्रकारको हकहितका लागि महासंघ गम्भीर रहेको उनले बताए । सरकार तथा निजी क्षेत्रहरूसँग समेत महासङ्घले समन्वय गरेर पत्रकारको हकहितका लागि काम गरिरहेको समेत बताए ।

तपाईको प्रतिक्रिया