शिवालय । जाजरकोटमा एक जना युवाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको शिवालय गाउँपालिका–६ रिसिनाका अन्दाजी २१ वर्षीय वीरेन्द्रकुमार बिसीको शव शनिबार विहान ११ बजे जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
मृत विसी घरबाट दुईदिनअघि निस्किएका थिए । दुईदिनसम्म पनि उनी घरमा नआएपछि परिवार तथा स्थानीयले खोजि गर्दै जाँदा जंगलमा मृत फेला परेको अस्थायी प्रहरी पोष्ट थालाका प्रहरी सहायक निरीक्षक बमबहादुर कठायतले जानकारी दिए ।
उनकाअनुसार मृत बिसी शिवालय गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर बुढाका छोरा हुन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाम्रो पहुँच संवाददाता । २७ आश्विन २०८०, शनिबार