तुइन चुँडिदा कर्णाली नदीमा एक जना बेपत्ता

तुइन चुँडिएपछि भारतबाट फर्किरहेका नेपाली युवक महाकालीमा बेपत्ता
हुम्ला । तुइन तर्ने क्रममा डोरी चुँडिदा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुइन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काले बताए ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भीरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार साँझ ६ बजे नेपाली तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको गुल्मपति सेनानी खड्काले बताए ।

काम सकेर बासस्थानका लागि हिँडेका नेपाली तुइन तर्ने क्रममा डोरी चुँडिएर बेपत्ता भएपछि सडकमा काम गर्ने कामदार, नेपाली सेना र स्थानीयले कर्णाली नदीमा खोजी गरे पनि बेपता नेपाली फेला नपरे पछि आइतबार बिहानैबाट खोजी कार्यमा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल प्रहरी कार्यालय सर्केगाडबाट टाढा भएको र राति परेकाले प्रहरी आइतबार बिहान मात्रै घटनास्थल पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

तपाईको प्रतिक्रिया