भेरी नगरपालिकाका कर्मचारीले गरे पेन डाउन, मेन गेटमा कालो ब्यानर


जाजरकोट । १४ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै भेरी नगरपालिकामा कार्यरत कर्मचारीहरुले पेनडाउन गरेका छन् ।

आईतबार आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको जिल्ला स्तरीय आन्दोलन संघर्ष समितिका सदस्य सुधा हमालले जानकारी दिईन् । कार्यस्थलमा रहँदा हातमा कालोपट्टी बाँधेरमा काम गरेको सदस्य हमालले बताईन् ।

१४ बुँदे मागसहितको ज्ञापन पत्रमा संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने लगायत माग गर्दै यतिबेला स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित छन् ।

संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएकै कारण आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ ।

No description available.

तपाईको प्रतिक्रिया