सुर्खेत । सुर्खेतमा ८ वर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएपछि आफन्तहरुले आन्दोलन सुरु गरेका थिए । आन्दोलन उग्र बन्दै गएपछि अहिले वीरेन्द्रनगरमा विद्युत अवरुद्ध हुनाका साथै यातायातका साधनहरु सञ्चालनमा समस्या भएको छ । आन्दोलका कारण वीरेन्द्रनगर बजार अशान्त छ । आफन्तहरुले घटना शङ्कास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शङ्कास्पद रहेको र अनुसन्धान गरिने बताउनुभएको छ ।
आक्रोशित भीड घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ । यस्तै, मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको मृत्यु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।
दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने केयर फोरलेन सडक गरेका छन् ।
हाम्रो पहुँच संवाददाता । १३ आश्विन २०८०, शनिबार