राष्ट्रिय युवा संघ जाजरकोटका अध्यक्ष शाहीको पहलमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

No description available.
जाजरकोट । राष्ट्रिय युवा संघ नेपाल जाजरकोटका अध्यक्ष सरोजजंग शाहीले क्यान्सर पीडित शेर बहादुर सिंहलाई सहयोग जुटाएका छन् ।

छेडागाड नगरपालिका –१२ का क्यान्सर पीडित शेरबहादुर सिंहलाई युवाहरुले सहयोग प्रदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल जाजरकोट जिल्लाका अध्यक्ष सरोज जंग शाही, शिरिश जंग शाही, देबेन्द्र सिंह लगायतको युवाहरुको टिमले क्यान्सर पीडित सिंहलाई सहयोग प्रदान गरेका हुन् ।

करिव १ बर्ष पहिलेदेखि क्यान्सरबाट पीडित सिंहलाई (बुधबार) आज अस्पतालकै आइसियुमा गएर उनीहरुले नगद १ लाख ५० हजार सहयोग प्रदान गरेको समाजसेवी युवा नेता सरोज जंग शाहीले बताए । शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको खजुरामा उपचाररत सिंहको आईसियु कक्ष खजुरामा एक हप्तादेखि उपचार भैरहेको छ ।

भारतमा काम गर्न गएका सिंह उतैबाट क्यान्सर पीडित भएका थिए । भारतकै विभिन्न स्थानमा उपचार पश्चात उनलाई सन्चो नभएपछि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत सिंहको आर्थिक अवस्था कमजोर भएको कारण उनकोे उपचारमा सहजता प्रदान होस भन्ने हिसावले सरोज जंग शाही, देबेन्द्र सिंह र शिरिष जंग शाहीको पहलमा सहयोग संकलन सुरु गरिएको थियो ।

No description available.

३ दिनमा उनीहरुले स्वच्छिक रुपमा सहयोग संकलन गरि नगद रु १ लाख ५० हजार क्यान्सर पीडित सिंहलाई रकम हस्तान्तरण गरेका थिए । शुसिल कोइरला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले आफुबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्त,ै प्रखर परोपकार संघका महासचिव बिबेक लामिछाने, समाजसेवी अर्जुन शाही , यज्ञ राज जोसी, युवा अगुवा, पत्रकार लगायतको उपस्थितिमा रकम हस्तान्त्रण गरिएको थियो ।

तपाईको प्रतिक्रिया