जाजरकोट । ५० शैयाको जिल्ला अस्पताल जाजरकोटको नवनिर्मित भवनको उद्धघाटन असोज १४ गते हुने भएको छ । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले भवनको औपचारिक उद्धघाटन गर्ने कार्यक्रम रहेको जिल्ला अस्पताल जाजरकोटका अध्यक्ष डम्बर बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार १४ गते विहान ११ बजे अस्पताल भवन उद्धघाटन कार्यक्रम राखिएको छ । अत्याधिक सुविधा सम्पन्न भवन बनेपछि सेवा प्रवाहमा निकै सहज भएको अध्यक्ष सिंहले बताए ।
हाम्रो पहुँच संवाददाता । ११ आश्विन २०८०, बिहीबार