विकास निर्माणमा समन्वयको चासो: ‘काम नगर्ने विरुद्ध खबरदारी गरौं’

No description available.
जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटले विकास निर्माणका गतिविधीमा चासो बढाएको छ । जिल्लामा अर्बाै बजेट आएपनि गुणस्तरीय काम नभएको, धेरै आयोजनाहरु अलपत्र पारिएको भन्दै समन्वयले चासो बढाएको हो ।

बुधबार जाजरकोटमा कृयाशिल पत्रकारहरु सँग जिल्लामा देखिएका समस्या र समाधानका लागि हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी विकास निर्माणमा खबरदारी गर्नुपर्ने वेला आएको जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले बताए ।

‘यहाँ विकास निर्माणका लागि अर्बाैं बजेट आएको छ, बजेटको सही सदुपयोग भएको देखिदैन्, उनले भने, ‘पत्रकार साथीहरुले खबरदारी गर्नुप¥यो हामी साथ दिन्छौं ।’ सबै मिलेर जाजरकोट विकासमा हातेमालो गर्नुपर्ने प्रमुख खत्रीको भनाई छ । प्राकृतिक स्रोत साधनको धनी जाजरकोट बाट धेरै यूवाहरु विदेश तिर जानुपर्ने बाध्यतालाई हेरेर साह्रै दुःख लागेको खत्रीले बताए ।

पत्रकारहरुले जाजरकोटमा भौतिक विकास केही मात्रामा भएपनि सामाजिक, आर्थिक रुपले यहाँका नागरिकको जनजीवन निकै कमजोर भएको बताएका छन् । जिल्लामा आउने विकास निमार्णका विभिन्न आयोजनाहरुमा चरम भ्रष्टाचार हुने जनप्रतिनिधीहरुले आफ्ना कार्यकर्तालाई बचाउन थालेपछि यहाँको विकास निर्माणले गति लिन नसकेको पत्रकारहरुको भनाई छ ।

समृद्ध जाजरकोट निर्माणका लागि जनप्रतिनिधी, पत्रकार, नागरिक समाज, सबै सरोकारवाला निकायहरु मिलेर अघि बढ्नुको विकल्प नभएको पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताए ।

उनले भने, ‘यहाँको विकास निर्माणको गतिलाई बढाउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने वेला आएको छ, कार्यालयका कर्मचारीहरुले कमिशन मागिरहेको छन् ।’ राज्यका जिम्मेवार निकायहरुले आफ्नो दायित्व बढाउनुपर्ने वेला आएको पत्रकार हेमन्त केसीले बताए ।

असारमा बजेट आउँछ, काम पन्ध्र दिनमा सकिन्छ, अहिले सडकको नाममा बाटो भेटिदैन्’ उनले भने, हाम्रो विकास निर्माणलाई कस्ले अनुगमन गर्ने ?’ विकास निर्माणका काम अलपत्र पार्ने ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राख्न समेत पत्रकार केसीले माग गरे ।

केही कार्यालयले दिएका अनुदानका गाडीहरु आफ्नो निजी समानहरु ओसारपसार गरेको देख्दा साह्रै दुःख लागेको पत्रकार बासुदेव शर्माले बताए । ‘अब हामीले आफ्ना अर्काेको भन्ने होइन् सबैका समाचारहरु लेख्नुपर्ने वेला आएको छ, उनले भने, ‘विकास निर्माण हाम्रो पहिलो एजेण्डा बन्नुपर्छ, खबरदारी आजको आवश्यकता हो ।’

कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खड्क विसीले गरेका थिए । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वागत गर्दै, जाजरकोटका राम्रा नराम्रा सबै समाचाहरु लेख्न आग्रह गरे । अब यहाँ हुने कालोबजारी, भ्रष्टाचार, अनियमिता सबैलाई रोक्न सबैले खबरदारी गर्नुपर्ने सदस्य विसीले बताए ।

No description available.

तपाईको प्रतिक्रिया