नुवाकोट । कोशिश, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु–स्वास्थ्यको क्षेत्रमा कार्यरत राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । कोशिश संस्थाले सन् २०२० देखि नुवाकोटको पन्चकन्या गाउँपालिकासँगको सहकार्यमा Malteser International को आर्थिक सहयोगमा “नुवाकोट जिल्लाको भूकम्प प्रभावित समुदायको पुनरुत्थानको सबलीकरण परियोजना”संचालन गरिरहेको छ । परियोजना मार्फत मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको सवलिकरणका लागि मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा पैरवी,सचेतना अभिवृद्धि र सेवा प्रदानमा सहजीकरण गर्दै आहिरहेको छ ।
कोशिश नुवाकोटले पन्चकन्या गाउँ पालिकामा सेवारत ६५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मनोसामाजिक स्वास्थ्य बारे एक दिने पुनर्ताजगी तालिम प्रदान गर्यो । दुई स्थानमा सम्पन्न उक्त तालिम असोज ७ गते घलेभंज्याँ र असोज ८ गते कालिका मा बि, पुरनडाडामा सपन्न्न भएको थियो ।तालिमको संचालन कोशिशका परियोजना संयोजक लोक प्रसाद गौतमले र बिषयबस्तुमा सहजीकरण मनोबिदद्वय अनुप आचार्य र दिवाकर जोशीले गर्नु भएको थियो ।
असोज ७ गते सम्पन्न पुनर्ताजगी तालिम, मनोबिद जोशीको अध्यक्षता, संचालन परियोजना संयोजक लोक प्रसाद गौतमले गर्नु भएको थियो । उक्त तालिमको प्रमुख अतिथि पन्चकन्या गाउँ पालिकाका अध्यक्ष तेजबहादुर तामाङ्ग हुनुहुथ्यो भने स्वस्थ्य शाखा प्रमुख हेमनारायण महत्तोको पनि सहभागिता थियो । सहभागीहरुलाई स्वागत सामुदायिक मनोसामाजिक कार्यकर्ता निशा सिटौलाले गर्नु भएको थियो भने मनोसामाजिक स्वास्थ्यका बारेमा मनोबिद अनुप आचार्य सहजीकरण गर्नु भएको थियो ।
अर्का मनोबिद दिवाकर जोशीले मनोविमर्श, संचार सीप, महिला स्वास्थ्य स्वयम सेविकाको भूमिका बारेमा सहजीकरण गर्नु भयो भने परियोजना संयोजक लोक प्रसाद गौतमले अपांगता र अपांगता एन २००७४ ले अपांगता महशुस गरेका व्यक्तिहरुको हक, अधिकार,सेवा बारे प्रस्ट पार्नु भएको थियो। सामुदायिक मनोसामाजिक कार्यकर्ता सरिता के सीले ब्यक्तिको मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्यको अबस्था पहिचान गर्ने screening form के हो र यसलाई कसरी भर्ने भन्ने बारेमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा मनोसामाजिक स्वास्थ्य पनि आधारभूत स्वास्थ्य भित्रकै एक अभिन्न अंग भएको, महिला स्वास्थ्य स्वयंसेविकाले मासिक रुपमा रिपोर्ट गर्ने, रिपोर्ट रजिस्टरको बुदाँ न ७५ मा मानसिक स्वास्थ्य समस्यामा भएका ब्यक्तिहरुको पहिचान गरी मासिक रुपमा प्रेषण गरेको संख्या समेत उल्लेख गर्नु पर्ने कुरा रहेको बारे चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पन्चकन्या गाउँ पालिका अध्यक्ष तेजबहादुर तामांगले “मेरो पालिकामा, हाम्रो आवस्यकता समोधन गर्न, हाम्रो अनुरोधमा संचालित परियोजना, पालिकाकै परियोजना भएको” धारण व्यक्त गर्नु भयो । मानोसामाजिक समस्या समाधान गर्न, अपांगता अधिकार प्रबर्धन गर्न कोशिशले ३१७ जनालाई स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान गरेको, १५ जना कडा खाले मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिलाई उपचार गरी समुदायमा पुनर्स्थापित गरेको, पालिकाका ६ वटा बिद्यालयहरुमा भावना साटासाट समूह गठन गरी मासिक रुपमा कार्यक्रम संचालन गरेको, पालिकाको पाँचै वडाहरुमा स्वबलंबन समूह गठन गरी मनोसामाजिक समस्याको न्यूनीकरण गर्न सो समुहलाई परिचालन गरेको भन्दै कोशिशको कार्यको प्रसंशा गर्नु भएको । कुनै व्यक्ति, राजनैतिक पार्टी, समूह, कुनै कर्मचारी वा अन्य कसैले कोशिशको कार्यमा बाधा, ब्यबधान र असहयोग गरेमा सो कुरा आफुलाई असहै हुने धारण राख्नु भयो । सो क्रममा कार्यक्रमको थप र विस्तारका लागि समेत अनुरोध गर्नु भयो ।
परियोजना संचालनमा नजिकको समन्वय, सहकार्य र साथ रहेकोमा नुवाकोट परियोजना टिमलाई धन्यबाद व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा परियोजना संयोजकले पालिका अध्यक्ष र पालिका परिवारको साथ र सहयोगको मुक्त कण्ठले प्रसंशा गर्र्दै कार्यक्रम बिस्तारका लागि Maltesar International टिम संग २ चरणको छलफल भएको र दात्री निकायले थप ३ बर्ष सहयोग गर्न सक्ने आशाबादिता व्यक्त गर्नु भयो ।
यसै गरी असोज ८ गते कालिका मा बि मा पुनर्ताजगी तालिमको आयोजना गरिएको थियो। सो कार्यक्रममा २३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन परियोजना संयोजक लोकप्रसाद गौतम, अध्यक्षता मनोबिद अनुप आचार्य, स्वागत सामुदायिक मनोसामाजिक कार्यकर्ता रन्जना खतिवडाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा न २ का वडा अध्यक्ष राम शरण श्रेष्ठ हुनुहुथ्यो भने अतिथिहरुमा स्वास्थ्य संयोजक हेमनारायण महत्तो,कालिका मा बि का प्र आ ध्रुब मिश्र हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अथिति रामशरण श्रेष्ठले कोशिशले आयोजना गर्ने कार्यक्रममा वडाले पनि सधै साथमा साथ दिने र महिला स्वयं सेविकाहरुले पनि सक्दो काध दिने धारण राख्नु भयो ।
हाम्रो पहुँच संवाददाता । १० आश्विन २०८०, बुधबार