पूँजीवादको कब्जामा चाडपर्व, वर्गीय असमानता बढ्दो


ऐक्यवद्धता छ भन्दैमा सबै महिलाले एकै हिसाबले मनाउन सकेका छैनन् तीज । महिलाभित्र पनि वर्ग छ । त्यो वर्गको आधारमा तीजलाई मनाउने कुरा फरक छ ।

यदि तपाईंले संस्कृतिलाई सरल हिसाबले मनाउनुभयो भने वर्गीय असमानता कम हुन्छ । हिजो हामी समुदायमा हुँदा सबैले मनाउने पर्व उस्तै खालको हुन्थ्यो । तर अहिले शहरीकरणको विकाससँगै बढ्दै गएको बजारीकरणले वर्ग–वर्ग बीचको खाडललाई झनै बढाएको छ । गाउँमा धनी र गरीब बीच जमीन बाहेक अरु भिन्नता खासै हुँदैन् । तर शहरमा आम्दानी मात्रै होइन, जीवनशैलीमै भिन्नता हुन्छ । कसैले कस्तो कपडा लाएको छ वा कस्तो गाडी चढेको छ भन्ने आधारमा उ कुन वर्गको भन्ने कुरा पहिचान गर्न सक्ने स्थिति शहरमा छ ।

तीजमा आजभोलि गिफ्ट दिने प्रचलन सुरु भएको छ । दिदीबहिनीलाई बोलाएर दर खुवाउने र गिफ्ट दिने चलन छ । यसले पनि बजारलाई नै प्रवद्धन ग¥यो । त्यसले हिजो जुन खालको ‘किप इन टच’ थियो त्यो अब वस्तुमा आधारित बन्न थाल्यो । आफ्ना दाईभाई तथा आफन्तले के दिए वा कति पैसा दिए भन्ने चासोले अब ठाउँ पाउन थाल्यो । त्यसको कारण बजारसँगको हाम्रो पहुँच नै हो ।

नेपाली समाजमा अहिले चाडपर्व मनाउने तौरतरिकालाई हेर्ने हो भने अब यहाँको समाज पूँजीवाद तर्फ नै उन्मुख छ । हामीले समाजवाद उन्मुख भनेपनि हाम्रा पर्वहरूलाई हामीले पूँजीवादी मान्यताबाट निर्माण गरिरहेका छौं । यसकारण चाडपर्वका मनाउने तरिकाले वर्गीय विभेद बढ्दै जान्छ ।

तपाईको प्रतिक्रिया