बारेकोट । जनता सँग माओवादी विशेष रुपान्तरण अभियानमा गएका माओवादी कार्यकर्ताले बाटो बनाईदिएपछि विद्यार्थीहरुलाई विद्यालय जान सहज भएको छ ।
जिल्लाको बारेकोट गाउँपालिका वडा नं – ४ जिरीमा रहेको गोरख आधाभुत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय जान सहज भएको प्रधानध्यापक मिनराज सिंहले जानकारी दिए । माओवादी पार्टीका कार्यकर्ताले वडा नं.– ४ को वडा कार्यालय देखि विद्यालय सम्मको भत्किएको बाटो बनाएका थिए । नेकपा माओवादी केन्द्रले देशभर विशेष रुपान्तरण अभियान चलाएको छ ।
सोही क्रममा बारेकोट गाउँपालिका भित्रका प्रत्येक वडाहरुमा जनताको समस्या बुझ्दै, समाधानको बाटो खोजी अभियान चलाईरहेको बारेकोट गाउँपालिका इन्चार्ज काली चलाउनेले बताईन् । विद्यालय जाने बाटो बनाईदिएकोमा प्रअ सिंहले धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सिंहले धन्यवाद दिएका हुन् ।
हाम्रो पहुँच संवाददाता । १८ भाद्र २०८०, सोमबार