हावाहुरी र वर्षाले मकै बालीमा क्षति, किसान चिन्तित

May be an image of grass

जाजरकोट । जाजरकोटमा हावाहुरी र वर्षाले मकैलगायतका अन्नबालीमा क्षति पुगेको छ । केही दिनदेखिको वर्षासँगै आएको हावाहुरीबाट जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको हो ।

पानीसँगै आउने हावाहुरीले मकै, भटमास लगायत अन्न बालीमा क्षति पुगेको बारेकोट गाउँपालिका –२ का मानबहादुर विकले जानकारी दिए । उनले भने, “पानीसँगै आउने हावाहुरीले मकै, भटमास लगायतमा क्षति पुगेको छ । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट ढलेर नष्ट भएका छन् ।”

May be an image of tree, grass and text
मुख्य खाद्य बालीका रूपमा रहेको मकै बालीमा हावाहुरीले क्षति पुर्याएपछि यहाँका किसान चिन्तित भएका छन् । घोगा लाग्ने तयारीमा रहेका मकैका बोट हावाहुरीले ढलेपछि किसान चिन्तित भएका हुन् । रोकायगाउँका किसान हरिबहादुर नेपालीले भने, “घोगा लाग्ने बेलाका मकैमा क्षति पुगेको छ, यसले उत्पादन पनि कमी हुने देखिएको छ ।”

हावाहुरी र वर्षाको प्रभावका साथै वन्यजन्तुले समेत हरेक वर्ष मकै बालीमा व्यापक क्षति पुर्याउने गरेको छ । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् ।

‘हावाहुरीले किसानले लगाएको मकै बालीमा ठूलो क्षति पुगेको छ, फल्ने बेलाको मकै ढलेर सोत्तर बनेपछि किसानका आँखा आँसुले भरिएका छन् । वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् । जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ । यसपालिको हुरीले वर्षभरिको छाक खोसी दिएको स्थानीय किसान धनबहादुर नेपालीले बताए ।

’पोहोरपरार साल बारीमा राम्रो मकै उत्पादन हुन्थ्यो र पनि वर्षभरि खान पुग्दैनथ्यो, अहिले त एक पाथी पनि फल्न नपाउँदै हुरीले मकै बारी भरी लडाइँ दियो,’ उनले भने, ’एउटा पनि बारीको मकै ठाडो छैन, सबै ढलेका छन्, कति दुःख गरेर खेती गरेको, एकै छिनको हावाहुरीले यस्तो बनाइदियो, अब के खाएर वर्ष गुर्जाने हो ?’

May be an image of grass

तपाईको प्रतिक्रिया