घट्ट गएकी महिला बाढीमा परेर वेपत्ता

blog
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाकि एक महिला घट्ट गएका बेला बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ । प्रहरी चौकी पातारासी डिल्लीचौरका अनुसार पातारासी गाउँपालिका –५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ बर्षीय पन्नीकली बुढा वेपत्ता हुनुभएको हो ।

प्रहरी सहायक निरीक्षक वुद्धि साउदका अनुसार एक्कासी घट्टे खोलामा बाढी आएपछि बुढालाई बगाएको थियो । यस क्षेत्रमा ५ देखि ६ वटा घट्ट बगेका छ्न । उहाँका अनुसार प्रहरी त्यस क्षेत्रमा गएर वेपत्ता वुढाको खोजी कार्य भइरहेको छ । प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया