जाजरकोट अस्पतालले थाल्यो नयाँ भवन बाट सेवा प्रवाह !


जाजरकोट । जिल्ला अस्पताल जाजरकोटले नयाँ भवन बाट सेवा प्रवाह थालेको छ । पुरानो भवन बाट सेवा प्रवाह गरिरहेको अस्पतालले मंगलबार देखि नयाँ भवन बाट सेवा प्रवाह थालेको हो । ५० शैयाको क्षमता रहेको जाजरकोट अस्पतालमा नयाँ भवन बनिसकेका छन् ।

नयाँ भवन बाट विलिङ्ग,ओपिडी, इमर्जेन्सी, फार्मेसी, एक्सरे, इसिजी, यूएसजी लगायतका सेवा प्रवाह गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंहले जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंह

‘पुराना भवनहरुमा सेवा प्रवाह गर्न निकै समस्या थियो’, उनले भने, ‘अब नयाँ भवन बाट नागरिकहरुलाई सेवा प्रवाह गर्न निकै सजिलो हुनेछ ।’ गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आफुहरु लागिपर्ने समेत अध्यक्ष सिंहले बताए । एक÷दुई दिनमा जनरल वार्ड र प्रशासनिक भवन समेत नयाँमा सारिनेछ ।

तपाईको प्रतिक्रिया