चार दिन देखि सञ्चारविहीन बारेकोटबासी

फोनका लागि अग्लो डाँडा गएका स्थानीय

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा चार दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । शनिवार देखि गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुदाँ बारेकोटबासी सञ्चारविहीन बनेका छन् ।
महत्वपूर्ण काम पर्दा समेत पैदल हिडेर जानुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका –०५ का राजेन्द्रविक्रम शाहीले. जानकारी दिए ।

‘अहिले इन्टरनेटको जमान हो उनले भने, ‘हाम्रो गाउँपालिकामा मोबाइलमा टावर नभएको चार दिन भईसक्यो, अहिले हामी सञ्चारविहीन छौं ।’ मोबाइलमा कहिले टावर आउने हो कुनै पत्तो छैन भन्दै शाहीले दुखेसो पोखे । यता, दुर सञ्चार कार्यालय जाजरकोटका प्रमुख भिमसेन विश्वकर्माका अनुसार गत साउन ४ गते परेको चट्याङ्गका कारण मछाईनामा रहेको टावरका डिभाइसमा क्षति पुर्याएकोले अवरुद्द भएको बताए ।

‘यसको सामग्री यहाँ नपाईने भएकोले ढिलो भएको हो, हामीले काठमाडौं बाट मगाएका छौं उनले भने, ‘सामग्री पुग्ने वित्तिकै सेवा सुचारु हुन्छ ।’ अझै २÷३ दिन लाग्ने प्रमुख विश्वकर्माले हाम्रो पहुँच डटकमलाई जानकारी दिए । सञ्चारविहीन बनेपछि टावरका लागि अग्ला अग्ला डाँडा धाईरहेका छन् ।

तपाईको प्रतिक्रिया