रुकुम पूर्वका छविलाल जाजरकोटमा मृत भेटिए


जाजरकोट । गत साउन ७ गते सानी भेरी नदीमा बेपत्ता भएका रुकुम पुर्व सिस्ने गाँउपालिका ८ भुरुवा घर भएका ३८ बर्षिय छविलाल पुन मृत अवस्थामा फेला परेका छन् ।

एक जना गाँउलेको निधन भएपछि मलामी गएका पुन पौडी खेल्ने क्रममा गत आइतवार भुरुवा स्थित सानी भेरी नदीमा बेपत्ता भएका थिए । बेपत्ता पुन मंगलबार जाजरकोट भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको किनारमा मृत अवस्थामा फेला परेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

रुकुम पश्चिम र जाजरकोट जोड्ने कालेगाँउ स्थित भेरी पुल नजिकै वेवारिसे लास रहेको स्थानीयको सुचनाका आधारमा प्रहरीले लास निकालेको थियो ।

लासको पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याईएको छ । मृतकका आफन्तले वेवारिसे लास छविलालकै भएको पुष्टि गरेको प्रहरीले जनाएको छ । सानो भेरी रुकुम पुर्व हुदै रुकुम पश्चिमबाट र ठुली भेरी डोल्पा हुदै दुवै नदी जाजरकोटको रिम्ना भन्ने ठाँउमा मिलेपछि भेरी नदी बन्ने गर्दछ ।

तपाईको प्रतिक्रिया