महिला फुटबल टिमलाई यूनिलिभरको २५ लाखको प्रायोजन

महिला फुटबल टिमलाई यूनिलिभरको २५ लाखको प्रायोजन
काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभरले महिला फुटबल टिमलाई प्रायोजन सहयोग गरेको छ ।

युनिलिभरले महिला फुटबल टिमलाई २५ लाख रुपैयाँको प्रायोजन गरेको हो । युनिलिभरका प्रबन्ध निर्देशक अमलाल मुखर्जी र अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताको अवधि एक वर्षको रहेको बताईएको छ ।

एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा युनिलिभरको सहयोगका लागि धन्यवाद दिए ।

नेपालको महिला फुटबलको विकासमा युनिलिभरले प्रायोजन गरेको युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले बताए ।

नेपालको महिला फुटबल टिम भर्खरै बंगलादेशमा दुई मैत्रीपूर्ण सिरिजको उपाधि जितेर फर्किएको हो । नेपालको महिला फुटबल एन्फा र नीजि क्षेत्रको उपेक्षामा पर्दै आएको छ ।

नेपालका महिला खेलाडीले गत वर्ष लिगनै खेल्न पाएनन् ।

तपाईको प्रतिक्रिया