वृक्षारोपन गरेर मनाईयो जाजरकोटमा भानु जयन्ती

No description available.
जाजरकोट । जाजरकोटमा भानुभक्त आचार्यको जन्मजयन्ती पानीका मुहानमा वृक्षारोपन गरेर मनाईएको छ । खलंगाको साउने पानी र निमारे पानीको मुहानमा बृक्षारोपन गरेर नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती मनाईएको हो ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको आयोजनामा पानीका मुहानमा बृक्षारोपन गरेर आदिकवि आचार्यको जन्मजयन्ती मनाईएको थियो । भेरी नगरपालिका–४ को निमारे र साउने पानीमा रहेका पानी मुहान क्षेत्रमा विभिन्न १० प्रजातिका २ सय ५० वढी विरुवाहरु रोपन गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिए ।

वृक्षारोपन कार्यक्रमको शुभारम्भ जिल्ला समन्व्य समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्री र प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले संयुक्त रुपमा गरेका थिए । वुदवुदिको खानेपानी योजना वन्नु अघि जाजरकोटी राजा र जनताले पिउने पानीको मुहान रहेको साउने पानीवाट सुरु भएको वृक्षारोपण कार्य सोही वडाको निमारे स्थित पानीको मुहानमा आएर सम्पन्न भएको थियो ।

No description available.

साउने पानीमा सुरु भएको वृक्षारोपण कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख कालीवहादुर खत्रीले राष्ट्रिय विभुति भानुभक्त आचार्यलाई सम्झेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले पानीको मुहान क्षेत्रमा वृक्षारोपण गरेर प्रशंसनीय कार्य गरेको वताए । प्रमुख खत्रीले वढ्दो वन विनास र पानीका मुहान सुक्ने समस्या समाधानका लागि यस्ता अभियान सवैतिर व्यापक रुपमा चलाउनुपर्ने भनाई राखेका थिए । यस्तै, साउने पानीमै विरुवा रोप्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सामाजिक हित र कल्याणका लागि पानीका मुहान जोगाउन जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको वृक्षारोपनको कार्य सवैका लागि प्रेरणादायी भएको वताए ।

यस्तै अभियान सवैले सवैतिर व्यापक रुपमा चलाउन सके मात्र भावि पुस्ताले प्रकृतिवाट सामना गर्ने समस्या हल गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी महोतोले वताए ।

No description available.

जाजरकोटी प्रकृति र सँस्कृति जोगाउने आफुहरुको अभियान अन्तरगत भानु जयन्तीमा पानीका मुहान क्षेत्रमा वृक्षारोपण गरिएको प्रतिष्ठानका अध्यक्ष केसीले वताए । मासिदै गएको जंगल र सुक्दै गएका पानीका मुहान संरक्षणका लागि युवा पुस्तालाइ अर्थपुर्ण सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले वताए । हाम्रो प्रकृति र हाम्रो सस्कृति हामीले नजोगाए कसले जोगाइदिन्छ ? अध्यक्ष केसीले भने ।

प्रतिष्ठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, जनप्रतिनिधि, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु तथा स्थानीय सर्वसाधारणहरुको सहभागिता रहेको थियो । यस अघि प्रतिष्ठानका अध्यक्ष केसीले भेरी नगरपालिका वडा नम्वर ३ स्याँला स्थित अँधेरीखोलाको पानी मुहान क्षेत्रमा एकल रुपमा विभिन थरिका पचास भन्दा वढी विरुवाहरु पनि रोपेका थिए ।

तपाईको प्रतिक्रिया