किसान अन्नदाता हुन्, उनीहरुको सम्मान हुनुपुर्छ : मन्त्री शर्मा

No description available.
जाजरकोट । कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसान अन्नदाता भएकोले उनीहरुको सम्मान हुनुपर्ने बताएका छन् । विहीबार कृषि विकास कार्यालय जाजरकोटको आयोजनामा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार तथा प्रोत्साहन रकम वितरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

‘आज मलाई गर्वको महसुस भईरहेको छ’ उनले भने, ‘यहाँ आएर किसानलाई सम्मान गर्ने अवसर प्राप्तभयो, मलाई लाग्थ्यो मन्त्रीलाई किसानले मात्र सम्मान गर्ने हामी कहिले गर्ने पाउँदैनौं आज त्यो अवसर जु¥यो म निकै खुशी छु ।’ आगामी दिनमा किसानको खेतवारीमै गएर सम्मान गर्ने वातावरण मिलाउन मन्त्री शर्माले आग्रह गरे ।

अहिलेको सरकाले किसानका लागि तालिम भवनको हलमा नभएर फिल्डमा गएर गर्ने नीति ल्याएको समेत बताए । कर्णाली प्रदेश सरकारले उत्पादन एक स्वामित्व अनेक सहितको नारा लगाई बजारको समस्या हल हुने विश्वास लिएको मन्त्री शर्माले बताए ।

तपाईको प्रतिक्रिया