भारत अधिनस्थ जम्मूकश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतंकवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा पाँच विदेशी आतंकवादी मारिएका छन्।
कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमासुरक्षाकर्मीसँगको मुठभेडमा पाँच जना आतंकवादी मारिएका तथा खोज अभियान जारी रहेको कश्मीरका अतिरिक्त महानिर्देशक विजय कुमारले पुष्टि गरेका छन्।
कारबाहीका क्रममा दुई जना आतङ्कारीलाई नियन्त्रणमा लिइएको सेनाको दाबी छ। त्यहाँ भएको सुरक्षा कारबाहीको विस्तृत विवरण प्राप्त हुन भने बाँकी छ।
हाम्रो पहुँच संवाददाता । १ असार २०८०, शुक्रबार