जाजरकोट । जाजरकोटमा साइवर सुरक्षा र साइवर अपराध सम्बन्धी सचेतामुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला सदरमुकाम खलंगा स्थित त्रिभुवन माद्यामिक विद्यालयको सभा हलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको आयोजना क्यान महासंघ नेपाल शाखा कार्यालय जाजरकोटले गरेको आयोजना र मालिका कलेज अफ इन्फरमेशन टेक्नोलोजी र को सह–आयोजनामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मालिका सामुदायिक सेवा केन्द्र प्रहरी कार्यालय जाजरकोटको सहकार्य गरेको क्यान महासंघ शाखा कार्यालय जाजरकोटले जनाएको छ । क्यानका अनुसार कार्यक्रममा कर्णाली प्रदेश क्यान महासंघका उपाध्यक्ष एवम् मालिका कलेज अफ इन्फरमेशन टेक्नोलोजी जाजरकोटका प्रमुख हेमन्त कुमार खत्रीले प्रशिक्षण गरेका थिए ।
‘गुणस्तरीय एवं सुरक्षीत सूचना प्राविधिको बिस्तार,समुन्नत राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराको साथ सम्पन्न भएको साइवर सुरक्षा र साइबर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रममा खत्रीले Cyber या Cyber (फाइदा र बेफाइदा),Cyber के हो ? र कसरी हुन्छ ? , सजाय सम्बन्धी कानुन , रोकथाम र सावधानीहरु,सबै भन्दा बढी साइवर कराइम कुन र कस्तो ब्यक्ति बाट लाग्न सक्छ ?, Cyber अपराधका कारणहरु के के हुन ?, Cyber अपराध कहाँ कहाँ हुन्छ ?,कैद जरिवाना,सजाय र जरिवाना,रोकथामका उपायहरु,लगायत थुप्रै बिषयहरुमा प्रशिक्षाण गरेको थिए ।
हाम्रो पहुँच संवाददाता । १ असार २०८०, शुक्रबार