बैकमा आएका सेवाग्राहीहरु
जाजरकोट । छेडागाड नगरपालिकाको थलह बजारमा रहेको ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा बाट एक सेवाग्राहीको खाताबाट पैसा हराएको छ । नगरपालिकाले बालबालिका पोषणवापत जम्मा गरेको पैसा बैंकका कर्मचारीले नै गायव बनाएका हुन् । खाताबाट पैसा हराएपछि सेवाग्राहीले बैंककै कर्मचारीले पैसा निकालेको हुन सक्ने दावी गरेका छन् ।
छेडागाड नगरपालिका ८ की विपनाकुमारी खत्रीको नाममा रहेको पैसा बैंकका कर्मचारीले चेक साटेको खत्रीका वुवा मानबहादुर खत्रीले दावी गरे । २०७९ माघ १३ गते बैकका कर्मचारीले बालबालिका संरक्षक कालिका महताराको नाम बाट पैसा निकालेको उनको दावी छ । माघ १३ गते खत्रीको खातामा १५ हजार जम्मा थियो ।
सेवाग्राही खत्रीको खाताबाट रकम हराएपछि अभिभावले बैंकमा ताकेता गरेका थिए । खत्रीको नाममा रहेको खाता नम्बर २६४०७०१०००८०७४ बाट पैसा गायव भएको थियो । गत बैशाखमा थलह शाखामा चेक बनाउन तथा पैसा साट्न गएका सेवाग्राही खत्रीले खाता बाट पैसा हराएको जानकारी पाएका थिए । तत्कालिन समयमा बैंकका कर्मचारीले झिकेको हुनसक्ने बताएका थिए । बाँकेको शाखामा जाँदा सोही कालीका महताराले चेक साटेको पाएपछि थलह शाखालाई ताकेता गरेका थिए ।
बैंक बाट निकासा भएपछि गत जेठ २५ गते महताराले बैंकमा निवेदन दिएकी थिईन् । बैंकलाई पैसा हराएको भन्दै छलफलका लागि पीडितले निवेदन दिएकी हुन् । तर अहिले बैंकले कुनै जवाफ दिन नमानेको उनीहरुको भनाई छ । बैंकलाई छोरीको खाताबाट पैसा हराएको भनेर कार्यालयमा निवेदन दिदाँ कुनै सुनुवाई भएको छैन् । कालिका महताराले चेक साटेको दावी गरेको छ । कार्यालय प्रमुख खुशी खड््काले जया खड्का मार्फत चेक साटेको बैंकको दावी छ । तर गत जेठ २५ गते जयाले कालिकाको छोरीको नाममा पन्ध्र हजार जम्मा गरेको सापकोटाले बताए ।
हाम्रो पहुँच संवाददाता । १ असार २०८०, शुक्रबार