आगोमा जलेर मृत्यु भएका कार्कीको परिवारलाई २५ हजार राहत

May be an image of 8 people, hospital, temple and text
जाजरकोट । सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाएका दलजित कार्कीको परिवारलाई २५ हजार राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय जाजरकोटले २५ हजार राहत वितरण गरेको हो । वैशाख २८ भेरी नगरपालिका ७ मा रहेको पातिहाल्न सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर कार्कीको ज्यान गएको थियो । सोही सामुदायिक वनका अध्यक्ष समेत कार्की रहेका थिए । वन कार्यालयले हरित सहीद घोषणा गरेको कार्यालयका रेन्जर पूर्ण चन्दले जानकारी दिए ।

याे पनि पढ्नुहाेस्

आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्ष कार्कीको मृत्यु

तपाईको प्रतिक्रिया