सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ९ का समाजसेवी यकेन्द्र यरिले स्वर्गीय बुवा टेकबहादुर यरि र आमा भिम कुमारी यरि र हस्ती यरिको सम्झनामा बनगाड कुपिण्डे नगरपालिका ९ स्वारामा रहेको श्री जनकल्याण आधारभूत विद्यालका बिपन्न विद्यार्थीहरुलाइ करिब ५ हजार बराबरको शैक्षिक सामग्री बितरण गरेका छ्न । शुक्रबार एक कार्यक्रमका बीच कापी- कलम लागाएतका शैक्षिक सामग्री वितरण गरेका हुन ।
बिगत केही समय यता काठमाडौमा होटल व्यवसायी गर्दै आउनु भएका यरिले भने स्वर्गीय बुवा आमाको सम्झनामा बिधालय जस्तो पबित्र स्थानमा भबिस्यका कर्णधार बिद्यार्थीहरुलाइ सानो भए पनि सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताए ।
उक्त कार्यक्रममा बिद्यार्थीहरुलाइ लगनशील र अनुसाशित भइ अध्ययन गर्न र भबिस्यमा आफुले पनि सबैलाई सिकेको शिक्षाको ज्योति छर्दै समाजसेवामा लाग्न सक्ने सक्षम ब्यक्ती हुने बिद्यार्थीहरुलाइ आफुले बिश्वास गरेको समेत बताए ।
स्वर्गीय टेकबहादुर उक्त विद्यालयका पुर्व विव्यस अध्यक्ष समेत रहेका थिए ।
नविन पि.एम. । २९ बैशाख २०८०, शुक्रबार