पाँच जिल्ला हेर्ने गरी जाजरकोटमा नयाँ कार्यालय स्थापना हुदै

सिंचाई तथा नदी नियन्त्रण आयोजनाको कार्यलय रहने

काठमाडौं । जाजरकोट खलंगामा सिंचाई तथा नदी नियन्त्रण कार्यालय स्थापना हुने भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको संयोजकत्वमा बैशाख १३ गते मन्त्रालय अन्तर्गतको बिभाग जलश्रोत तथा सिचाई बिभाग जावलाखेल ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको थियो । पुनः बैैशाख २० गते उक्त योजना कार्यन्वयनका लागि सार्वजनिक गरेको हो ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको मातहतमा रहने गरि सिंचाई तथा नदी नियन्त्रण आयोजना कार्यालय जाजरकोटमा स्थापना हुने भएको हो । यस कार्यालय मार्फ संघको कार्यक्षेत्रमा रहेका नदी नियन्त्रण ,सिंचाई र जलश्रोत संरक्षणको कार्य हुने छ ।

जाजरकोट, सल्यान, रुकुम पुर्व, रुकुम पश्चिम र डोल्पा जिल्लामा सेवाक्षेत्र हुने गरी भेरी नगरपालिका जाजरकोटमा यो कार्यालय स्थापना गर्न लागिएको हो । यस कार्यालयको स्थापनाले जाजरकोटको गौरव थप बढाउनेछ । यस कार्यको लागि उर्जा जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतको अहिले जाजरकोटीले खुलेर प्रशंसा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया