विवादपछि बालकले विषादी पिए, उपचारका क्रममा मृत्यु


सल्यान । जिल्लाको बागचौर नगरपालिकामा विषादी सेवनबाट एक बालकको मृत्यु भएको छ। विषादी सेवनबाट बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आई नुभान नामक विषादी सेवन गरेका थिए।

विषादी सेवन गरी घरको ट्वाइलेटमा बेहोस पल्टेको अवस्थामा आमाले देखेकी थिइन्। बेहोस पुनको सल्यान बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा रवीनका मृत्यु भएको उनको खनालको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया